सानिमा क्यापिटल लिमिटेडको समुद्घाटन

Post Date : September 26, 2016 | 6:52 pm

काठमाडौं, १० असोज । सानिमा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा स्थापित सानिमा क्यापिटल लिमिटेडले २०७३ असोज १० गते सोमवार नारायणचौर, नक्साल स्थित कार्यालयको समुद्घाटन गरेको छ । यस क्यापिटलको समुद्घाटन नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की र सानिमा बैंकका ब्राण्ड एम्बेस्डर श्री मदन कृष्ण श्रेष्ठ तथा श्री हरिवंश आचार्य (महजोडी) ले संयुक्त रुपमा पानशमा दिप प्रज्वलन गरी गरेका थिए ।

सोही अवसरमा धितोपत्र बोर्डका अध्यक्ष कार्कीले सानिमा क्यापिटलको उत्तरोत्तर प्रगतिको शुुभकामना ब्यक्त गर्नु भयो ।

त्यसै गरी प्रमुख अथिति कलाकारहरु मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यले बधाई तथा शुुभकामना व्यक्त गर्नुु भयो । साथै सर्वसाधारणमा मर्चेण्ट बैंकिङ्गले प्रदानगर्ने सेवा तथा सुुविधाहरुको बारेमा जनचेतना अभिवृद्धि गर्दै समग्र धितोपत्र बजारको बारेमा सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनु भयो ।

सानिमा बैंकका अध्यक्ष श्री विनय कुमार श्रेष्ठले शुभकामना मन्तव्य दिनु भएको उक्त समारोह सानिमा क्यापिटलका अध्यक्ष श्री भुवन दाहालले धन्यवाद ज्ञापन गर्दै समापन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *