सामाखुसीमा गरिमा विकास बैंकको २८औं शाखा

Post Date : May 22, 2016 | 10:46 am

काठमाडाैं, ८ जेठ । गरिमा विकास बैंकले सामाखुसीमा २८औं शाखा खोलेको छ । शाखाको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंक, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरू गाउँ–गाउँसम्म जानु पर्ने बताउनु भयो । गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले उक्त कार्यक्रममा नीलगिरी विकास बैंकसँग मर्जर पूरा गरी सुभेच्छा विकास बैंकसँग मर्जर प्रक्रियामा रहेको गरिमालाई विकास बैंकमा उत्कृष्ट बनाउन लागि परेको बताउनु भएको छ ।

बैंकको चुक्ता पूँजी २२ करोड ७३ लाख रुपैया रहेकोमा सुभेच्छा विकास बैंकसँग मर्जरपछि चुक्ता पूँजी १ अर्ब ८ करोड रुपैया पुग्ने जनाइएको छ । चालु आ.व.को चैत मसान्तसम्म बैंकले ७ अर्ब ८४ करोड रुपैया निक्षेप संकलन गरी ७ अर्ब १६ करोड रुपैया कर्जा प्रवाह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *