अपाङ्गता भएका व्यक्तिहरुलाई नेपाल टेलिकमको सहुलियत

Post Date : July 18, 2016 | 6:07 pm

काठमाडौं, ३ साउन । नेपाल टेलिकमले बोल्न र सुन्न नसक्ने व्यक्तिहरु (बहिरा)का लागि सहुलियत दरमा Video Call सेवा उपलब्ध गराउन आरम्भ गरेको छ । कम्पनीको मोबाइल नम्बर (SIM) मा कम्पनीको नेटवर्क भित्रको लागि मात्र उपलब्ध गराइने यो Video Call सेवाको महसुल प्रतिमिनेट ५० पैसा (कर बाहेक) तोकिएको छ । हाल यो योजनामा आबद्ध SIM हरुमा २०७३ आषाढ ३१ गते देखि नै सहुलियत दरको यो सेवा उपलब्ध गराउन थालिसकिएको छ । बहिरा अपाङ्गताको पहिचान खुल्ने कागजातसहित नेपाल टेलिकमको काउन्टरमा सम्पर्क गरी रु ९०।— मा रु ५०।—को टक टाइम भएको SIM मार्फत यो प्याकेज प्राप्त गर्न सकिन्छ ।

त्यसैगरी २०६२÷०६३ को जनआन्दोलनका घाइते एवं पूर्ण रुपमा शारीरिक अपाङ्गता भएका ब्यक्तिहरुलाई एक पटकका लागि GSM प्रविधिको Prepaid SIM वा CDMA प्रविधिको RUIM कार्ड एक थान निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको छ । यस अनुसार २०७३ श्रावण ३ गते देखि निःशुल्क SIM तथा RUIM Card उपलब्ध गराउने योजना छ ।

जनआन्दोलनका घाइतेहरुले नेपाल सरकारबाट जारी भएको परिचयपत्रसहित एक प्रति फोटो र नागरिकता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नु पर्नेछ । त्यसैगरी शारीरिक अपाङ्गता भएका व्यक्तिहरुले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, समाज कल्याण परिषदबाट जारी भएको परिचय पत्र (रातो कार्ड) सहित एक प्रति फोटो र आफ्नो नागरिकताको प्रतिलिपि पेश गर्नु पर्नेछ । यी सबै सेवाका लागि नेपाल टेलिकमको आफूलाई पायक पर्ने काउन्टरमा सम्पर्क राख्न सकिनेछ ।

निःशुल्क SIM वाRUIM कार्ड उपलब्ध गराउने योजना आगामी २०७३ माघ मसान्तसम्म मात्र लागू हुनेछ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ल्याएको यो योजनाले बोल्न र सुन्न नसक्ने ब्यक्तिहरु तथा जनआन्दोलनका घाइते एवं पूर्ण रुपमा अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *