आज (आइतबार) देखि रु. १० लाखमाथिको कारोबार चेकमार्फत

Post Date : July 16, 2017 | 11:10 am

काठमाडौँ, १ साउन । आज मिति २०७४ साउन १ गतेदेखि रु. १० लाखभन्दा बढी रकमको कारोबार गर्दा अनिवार्य चेक प्रयोग गर्नु पर्ने भएको छ । नगदमा कारोवार गरेको भेटिए सम्पत्ति शुद्धिकरण निवारण ऐन २०६४ अनुसार कारवाही हुन सक्छ ।

अघिल्लो वर्षको मौद्रिक नीतिले रु. ३० लाखभन्दा बढीको कारोवार नगदमा गर्न नपाइने व्यवस्था गरेको थियो भने त्यसभन्दा अघि रु. ५० लाखको सीमा तोकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *