एनआइसी एसिया बैंकद्वारा निर्जीवन विमा सेवा सुरु

Post Date : August 1, 2016 | 2:26 pm

काठमाडौं, १७ साउन । एनआइसी एसिया बैंकले शिखर इन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा निर्जीवन विमा सेवा सुरु गर्न सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल र शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले हस्ताक्षर गर्नु भएको छ ।

बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहक मार्फत निर्जीवन बिमा सेवा प्रवर्द्धन गर्ने उद्देश्यले हेल्थ इन्स्योरेन्स र सेक्युर माइण्ड नामक दुई भिन्न सेवा सुरु गरेको हो । हेल्थ इन्स्योरेन्स अन्तर्गत व्यक्तिगत तथा परिवारको स्वास्थ्य बिमा गराउन र सेक्युर माइण्डले बैंकको ऋण सुरक्षित गर्न मद्धत पुग्ने जनाइएको छ ।

बैंकले आ. व. २०७२/७३ मा १ अर्ब ७ करोड रुपैंया खुद मूनाफा गरेको छ । बैंकले ६९ अर्ब ४८ करोड रुपैंया निक्षेप संकलन र ५८ अर्ब ४५ करोड रुपैंया कर्जा प्रवाह गरी मूनाफा गर्न सफल भएको हो ।

बैंकको देशभर ६७ वटा शाखा र ६८ वटा एटीएममार्फत ग्राहकवर्गलाई सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *