एनआईसी एसिया क्यापिटल संचालनमा

Post Date : March 6, 2017 | 1:47 pm

काठमाडौँ, २३ फागुन । एनआईसी एसिया बैंकले आफ्नो सहायक कम्पनी एनआईसी एसिया क्यापिटल लिमिटेड संचालनमा ल्याएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्की र एनआईसी एसिया बैंकका अध्यक्ष जगदीशप्रसाद अग्रवालले संयुक्त रूपमा एनआईसी एसिया क्यापिटलको उद्घाटन गर्नु भएको छ ।

एनआईसी एसिया बैंकको पूर्ण स्वामित्वमा रहेको यस कम्पनीको चुक्ता पूँजी १० करोड रुपैयाँ रहेको छ ।

यो कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रार तथा लगानी व्यवस्थापन, म्युचुअल फण्ड व्यवस्थापन लगायतको काम गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *