एनबी इन्स्योरेन्सको नया तीन शाखा

Post Date : November 3, 2016 | 9:04 am

काठमाडौँ, १२ कात्तिक । एनबी इन्स्योरेन्स कम्पनीले ३ वटा नया शाखा संचालनमा ल्याएको छ । काठमाडौँको कलंकी, कोटेश्वर र भक्तपुरको सल्लाघारीमा शाखा विस्तार गरेको हो । शाखाको उद्घाटन बिमा समितिका अध्यक्ष प्रा.डा. फत्तबहादुर के.सी.ले गर्नु भएको एनबी इन्स्योरेन्सले जनाएको छ ।

कम्पनीको नया ३ शाखासहित १७ वटा शाखा, ५ वटा सम्पर्क कार्यालय र ११ वटा सेवा काउण्टर संचालनमा रहेको छ । कम्पनीले १० बराबर ८ का दरले हकप्रद शेयर निष्काशन गरी बाँकी रहेको शेयर बोलकबोलमार्फत ४ करोड ५३ लाख रुपैया शेयर प्रिमियम प्राप्त गरेको जनाएको छ । हकप्रद शेयर जारीपश्चात कम्पनीको चुक्ता पूँजी २७ करोड रुपैया पुगेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *