एनसीसी बैंकको युनिभर्सल मेडिकल कलेजमा एक्सटेन्सन काउन्टर

Post Date : September 13, 2016 | 1:10 pm

काठमाडौं, २८ भदौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले भैरहवा, पक्लिहवास्थित युनिभर्सल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।

उक्त काउन्टरको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा बैंक व्यवस्थापन समितिका संयोजक लक्ष्मीप्रपन्न निरौला र अस्पतालका अध्यक्ष रमेश शर्माले संयुक्त रुपमा उद्घाटन गर्नु भएको छ ।

उक्त काउन्टरबाट जम्मा नगद भुक्तानी तथा विप्रेषण भुक्तानी गराइने बैंकले जनाएको छ । साथै कलेजमा अध्ययनरत विद्यार्थी, शिक्षक, कर्मचारी तथा पक्लिहवा क्षेत्रका वासिन्दा पनि प्रत्यक्ष लाभान्वित हुने बैंकले विश्वास लिएको जारी विज्ञाप्तिमा जनाइएको छ ।
यसअघि पनि अस्पताल परिसरमा बैंकले एटिएम मेसिन जडान गरी सेवा दिइरहेकोमा एक्सटेन्सन काउन्टर थप गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *