एनसीसी बैंकले पायो अनुमति, एकीकृत कारोवार यही पुस १७ गतेबाट

Post Date : December 30, 2016 | 5:22 pm

काठमाडौँ, १५ पुस । नेपाल क्रेडिट एण्ड कमर्स बैंकसँग सुप्रिम डेभलपमेन्ट बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक र इन्टरनेशनल डेभलपमेन्ट बैंक मर्ज गर्नका लागि कम्पनी रजिष्ट्रार कार्यालयले २०७३ पुस १४ गते स्वीकृति दिएको छ ।

नेपाल क्रेडिट एण्ड कमर्सको नामबाट २०७३ पुस १७ गतेबाट एकीकृत कारोवार हुनेछ ।

एनसीसी बैंकसहित ४ विकास बैंकको मर्ज प्रक्रियालाई नेपाल राष्ट्र बैंकले २०७३ मंसिर ३० गते अन्तिम स्वीकृति दिएपछि एनसीसी बैंकका केही सेयरधनीले बैंकको सम्पत्ती र सेयर स्वाप रेसियो चित्त नबुझेको भन्दै कम्पनी रजिष्ट्रारको कार्यालयमा उजुरी दिएका थिए ।

मर्जपछि एनसीसी बैंकको चुक्ता पूँजी ४ अर्ब ६७ करोड ९० रुपैयाँ पुग्नेछ । त्यसैगरी निक्षेप संकलन ५४ अर्ब २७ करोड रुपैयाँ र कर्जा प्रवाह ४८ अर्ब ६२ करोड रुपैयाँ हुनेछ ।

बैंकको शाखा संख्या ९६, एटिएम संख्या ६१ र ग्राहक संख्या ४ लाख ८५ हजार पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *