एभरेष्ट बैंकको चिपमा अाधारित भिसा क्रेडिट कार्ड सेवा

Post Date : June 6, 2016 | 12:54 pm

काठमाडौं । एभरेष्ट बैंकले सुरक्षित कार्ड सेवा उपलब्ध गराउन चिपमा आधारित ईएमभी स्टान्डर्डको भिसा क्रेडिट कार्ड सेवा सुरु गरेको छ । बैंकका अध्यक्ष बि.के. श्रेष्ठ र पञ्जाव नेशनल बैंकका कार्यकारी निर्देशक डा. राम एस. संगापुरेले संयुक्त रुपमा सो सेवाको शुभारम्भ गर्नु भएको थियो ।

यो भिसा क्रेडिट कार्ड सेवा ग्राहकवर्गले बढीमा ४५ दिनसम्म निब्र्याजी ऋण सुविधा उपयोग गर्न सकिने बैंकले जनाएको छ । यो कार्ड नेपाल र भारतमा प्रयोग गर्न सकिनेछ ।

बैंकले हाल ६१ शाखा, ५ एक्सटेन्सन काउण्टर, २४ राजस्व संकलन काउण्टर र ८५ एटिएम काउण्टरबाट सेवा प्रदान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *