ओम डेभलपमेन्ट बैंकको एटिएम फिस्टेल हस्पिटलमा

Post Date : March 3, 2017 | 12:36 pm

कास्की, पोखरा, २० फागुन । ओम डेभलपमेन्ट बैंकले पोखराको फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टरमा एटिएम सेवा शुरु गरेको छ ।

एटिएम सेवाको उद्घाटन फिस्टेल हस्पिटलका अध्यक्ष एवं वरिष्ठ बाल रोग विशेषज्ञ डा. भाइरत्न शाक्यले गर्नु भएको छ । यो सहित बैंकको एटिएम संख्या ६ पुगेको छ ।

बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को दोस्रो त्रैमासिकसम्म १२ अर्ब ९९ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन र ११ अर्ब ३४ करोड ५२ लाख रुपैयाँ कर्जा प्रवाह गरी १९ करोड २ लाख रुपैयाँ खुद मुनाफा गरेको छ ।

त्यस्तै, बैंकको निस्क्रिय कर्जा १ दशमलब २६ प्रतिशत रहेको छ भने कर्जा निक्षेप अनुपात ७६ दशमलब ६४ प्रतिशत छ । बैंकको हाल चुक्ता पूँजी १ अर्ब ३६ करोड २ लाख ८१ हजार ६ सय रुपैयाँ छ भने जगेडा कोषमा ४५ करोड ७३ लाख १४ हजार ८ सय ५० रुपैयाँ रहेको छ ।

बैंकले २०७३ चैत १ गते विशेष साधारण सभा बोलाएको छ । ओम डेभलपमेन्ट बैंक र मनास्लु विकास बैंक एकआपसमा गाभिने स्वीकृतिका लागि सभा बोलाएको हो । सभामा मर्जरपछि १० बराबर ३ बराबरको अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत पेश हुने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *