काबेली विकास बैंकले २० प्रतिशत बोनस शेयर वितरण गर्ने

Post Date : April 19, 2017 | 11:49 am

धनकुटा, ६ वैशाख । काबेली विकास बैंकले गत आर्थिक वर्ष २०७२/७३ को मुनाफा २ करोड ३४ लाख रुपैयाँमध्येबाट आफन्त शेयरधनीलाई २० प्रतिशत अर्थात १ करोड ४० लाख ३५ हजार २ सय रुपैयाँ बराबरको बोनस शेयर र ७ लाख ३८ हजार ६ सय ९५ रुपैयाँ नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने भएको छ ।

बैंकको २०७४ वैशाख २७ गते बुधबार बस्ने नवौँ वार्षिक साधारण सभाले बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेमा कार्यान्वयनमा आउनेछ ।

बैंकको हाल चुक्ता पूँजी ७ करोड ४ लाख रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *