काष्ठमण्डप डेभलपमेन्ट बैंकको खुद मुनाफा ३० करोड २२ लाख

Post Date : August 11, 2016 | 11:57 am

काठमाडौं, २७ साउन । काष्ठमण्डप डेभलपमेन्ट बैंकले आ.व. २०७२/७३ को असार मसान्तसम्म ३० करोड २२ लाख २६ हजार रुपैया खुद मुनाफा गरेको छ । अघिल्लो आ.व. २०७१/७२ मा बैंकले ७ करोड १८ लाख ९६ हजार रुपैया खुद मुनाफा गरेको थियो । बैंकले आफ्नो नाफा ३ सय २० प्रतिशतले वृद्धि गरेको छ ।

बैंकले आ.व. २०७२/७३ मा ६ अर्ब ७१ करोड ९४ लाख रुपैया निक्षेप संकलन गरी ५ अर्ब ७४ करोड ७२ लाख रुपैया कर्जा प्रवाह गरेको छ । बैंकको निष्क्रीय कर्जा अनुपात आ.व. २०७१/७२ मा ७.९५ प्रतिशत थियो भने आ.व. २०७२/७३ मा सो घटाएर ०.९३ प्रतिशतमा ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *