कास्की फाइनान्स र कामना विकास बैंकको एकीकृत कारोवार असार ६ गतेदेखि

Post Date : June 16, 2016 | 12:33 pm

काठमाडाैं, १ असार । कास्की फाइनान्स लिमिटेड र कामना विकास बैंकको एकीकृत कारोवार असार ६ गते सोमवारदेखि हुने भएको छ । एकीकृत कारोवारको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले गर्ने कार्यक्रम रहेको जारी विज्ञप्तीमा जनाइएको छ । मर्जरपछि कामना विकास बैंकको नामबाट कारोवार गर्ने भएको छ ।

मर्जरपछि बैंकको चुक्ता पूँजी ६६ करोड १६ लाख रुपैया पुग्नेछ । त्यसैगरी निक्षेप करीब ७ अर्ब रुपैया र कर्जा लगानी करीब ६ अर्ब रुपैया हुने जनाइएको छ । मर्जरपछि बैंकको २१ शाखा र ९ वटा एटिएममार्फत ग्राहकवर्गलाई सेवा दिनेछ । त्यस्तै मर्जरपछि अध्यक्षमा राजेन्द्रनिधि कोइराला, प्रमुख कार्यकारी अधिकृतमा तोयराज अधिकारी र नायब प्रमुख कार्यकारी अधिकृतमा उमेश कुमार आचार्य रहनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *