कैलाश विकास बैंकसंग मेट्रो डेभलपमेन्ट बैंक र नेपाल एक्सप्रेस फाईनान्स गाभिई एकिकृत कारोवारको शुभारम्भ

Post Date : May 30, 2016 | 6:47 pm

पोखरा, १७ जेठ । नेपाल राष्ट्र बैंक बाट “ख” वर्गको राष्ट्रिय स्तरको बिकास बैंकको रुपमा कारोवार गर्दै आएको कैलाश विकास बैंक लिमिटेड, संग तीन जिल्ला कार्यक्षेत्र भएको “ख” वर्गको बिकास बैंकको रुपमा कारोवार गर्न ईजाजत प्राप्त मेट्रो डेभलपमेन्ट बैंक लिमिटेड र “ग” वर्गको वित्तीय कारोवार गर्दे आएको नेपाल एक्सप्रेस फाईनान्स लि. गाभिएर आज मिति २०७३ साल जेष्ठ १७ गते देखि कैलाश विकास बैंक लिमिटेडको नामबाट हुने एकिकृत कारोवारको शुभारम्भ तथा पोखरा स्थित “कैलाश भवनको” समुद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपाल ज्यूबाट एक कार्यक्रमका साथ सु–सम्पन्न भयो ।

उद्घाटन मन्तव्यको क्रममा गभर्नर डा.. चिरंजीवि नेपालले सबै जनताले देशमा स्थापित बैंक तथा वित्तीय संस्थामा आर्थिक कारोवार गर्न र जीवनको उर्जाशील उमेरमा बिदेशतर्फ जानुको सट्टा स्वदेशमै उद्यमशीलताको विकास गरी बैंक तथा वित्तीय संस्थाहरु संग आवश्यक बित्तीय सहयोग लिई देशको समग्र विकासमा अग्रसर हुन आम जनसमुदायलाई सुझाव दिनु भयो ।

यस्तै मन्तव्यको क्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने ले २०७४ आषाढ मसान्त सम्म चुक्ता पूंजी २ अर्व ५० करोड पुरयाउन चालु आ.व.को मुनाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत बोनश सेयर प्रदान गरे लगत्तै २० प्रतिशत हकप्रद शेयर जारी गर्ने योजना रहेको बताउनु भयो ।

तीनवटै संस्था गाभिए पश्चात कूल पूंजी रु.१अर्ब ५८ करोड, जगेडा कोष रु.७६ करोड ५ लाख, कूल निक्षेप रु.१४ अर्ब ३३ करोड, कूल कर्जा रु.१३ अर्ब २१, करोड तथा खुद मुनाफा ३३ करोड,४१ लाख कायम रहेकोछ भने कूल शाखा संख्या ३७, एउटा एक्स्टेन्सन काउण्टर तथा एटीएम को संख्या १७ पुगेकोछ ।

उच्चस्तरीय बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दे आएका तीनवटै संस्था गाभिए पश्चात पूंजीकोष तथा व्यवसायको आधार फराकिलो हुन गई एक सवल र सुदृढ वित्तीय संस्थाको रुपमा खडा हुने तथा देशकै ठूलो राष्ट्रिय स्तरको विकास बैंकको रुपमा ग्राहकहरुलाई प्रभावकारी तथा बिश्वसनीय रुपमा आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्न सक्षम हुने विश्वास लिईएकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *