क्यासिनोमा विदेशी लगानी ४९ प्रतिशतमा झार्ने तयारी

Post Date : May 26, 2016 | 11:28 am

काठमाडौं- सरकारले क्यासिनो व्यवसायमा विदेशी लगानी ‘निरुत्साहित’ गर्ने गरी नियमावली संशोधनको प्रक्रिया अगाडि बढाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले क्यासिनोमा प्रत्यक्ष विदेशी लगानी ४९ प्रतिशतमा खुम्च्याउने गरी ‘क्यासिनो नियमावली २०७०’ संशोधन गर्ने प्रक्रिया अगाडि बढाएको हो। व्यवस्थापिका संसदअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले नियमावली संशोधन गर्न निर्देशन दिएपछि पर्यटन मन्त्रालयले यसको प्रारम्भिक मस्यौदा तयार पारेको हो।

श्रम समितिका सदस्य मीन विश्वकर्माको संयोजकत्वमा गठित टोलीले तयार पारेको क्यासिनो सम्बन्धी प्रतिवेदनमा विदेशी लगानी अधिकतम ४९ प्रतिशतसम्म हुनुपर्ने उल्लेख छ। त्यसैअनुसार समितिले मन्त्रालयलाई निर्देशन दिएपछि मस्यौदा तयार भएको हो।

<थप जानकारीको लागि nagariknews.com>

Leave a Reply

Your email address will not be published. Required fields are marked *