चेम्बरद्वारा खुसी व्यक्त

Post Date : March 16, 2017 | 10:10 pm

काठमाडौँ, ३ चैत । व्यवस्थापिका–संसद्बाट कम्पनी ऐनको संशोधन विधेयक पारित भएकोमा नेपाल चेम्बर अफ कमर्सले खुसी व्यक्त गरेका छन् ।

निजी क्षेत्रले लामो समयदेखि कम्पनी ऐनमा समयानकूलक परिवर्तन गर्नुपर्ने गर्दै आएको माग सम्बोधन भएकोमा खुसी व्यक्त गरिएको चेम्बरद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा निस्क्रिय कम्पनीहरुलाई खारेज गर्न चाहँदा चाहँदै पनि यस सम्बन्धी रहेको जटिल प्रक्रियाले कम्पनी खारेज हुन नसकिरहेको अवस्थामा विधेयकको यो संशोधनले यसलाई सरल बनाइएकोमा कम्पनीका प्रवद्र्धकलाई सजताका महसुस भएको जनाएको छ ।

उक्त संशोधन विधेयकमा विद्युतीय हस्ताक्षरको मान्यता, प्रालिमा १०१ जनासम्मको सेयरधनी रहन सक्ने व्यवस्था, कम्पनी दर्ताको सहज प्रक्रिया र प्रिमियम सेयर जारी गर्न सहज जस्ता व्यवस्थाले कम्पनी ऐनमा अग्रगामी सुधार हुन गएको चेम्बरले जनाएको छ ।

यो संशोधनले कम्पनी दर्ता तथा सञ्चालन प्रक्रियामा सहजता आउनुका साथै साना पुँजी परिचालन भई लगानीको अनुकूल वातावरण सिर्जना हुनेमा चेम्बरले विश्वास व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *