सनराइज बैंकद्वारा स्वास्थ्य बीमा अन्र्तगत बीमा रकम भुक्तानी

Post Date : May 29, 2018 | 6:08 pm

काठमाडौँ, १५ जेठ । सनराइज बैंक लिमिटेडले आफ्ना बचत खाताका ग्राहकहरुको लागि “स्वास्थ्य बीमा सुविधा” प्रदान गर्दै आएको छ । उक्त बीमा अन्तर्गत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च रु. १ लाखमा नबढ्ने गरी आफ्नो बचत खातामा रहने बार्षिक औषत मौज्दातको २५% वा विल रकम मध्ये जुन कम हुन्छ सो रकम दाबी गर्न पाइने व्यवस्था गरेको छ ।

यसै क्रममा बैंकको लुभु शाखाका ग्राहकद्वय श्री राजेन्द्र महर्जनलाई उपचार खर्च रु. १००,०००।– बराबरको रकम तथा श्री केशव प्रसाद मिश्रलाई उपचार खर्च रु. २३,९१६।– बराबरको रकम बैंकका वरिष्ठ नायब महाप्रबन्धक श्रीमती आशा राणा अधिकारीले प्रदान गर्नुभएको जानकारी बैंकले प्रेस विज्ञप्तीमार्फत दिएको छ ।

साथै बैंकले यस “स्वास्थ्य बीमा सुविधा” अन्तर्गत देशभरका ६० भन्दा बढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ परिक्षण गराउँदा ५ देखि २० प्रतिशतसम्म छुट प्रदान गर्दै आएको समेत जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *