जनता बैंकको नयाँ शाखा वीरेन्द्रनगरमा

Post Date : November 30, 2016 | 3:43 pm

काठमाडौँ, १५ मङ्सिर । जनता बैंक नेपाल लिमिटेडले सुर्खेतको वीरेन्द्रनगरमा नयाँ शाखा स्थापना गरेको छ । बैंकको यो ३७ औँ शाखा हो । शाखाको उद्घाटन बैंकका अध्यक्ष उदय नेपाली श्रेष्ठले गर्नु भएको छ । बैंकले शाखा विस्तारसँगै ३० औं एटिएम संचालनमा ल्याएको छ । बैंकले १५ वटा शाखारहित बैंकिङ्ग इकाईबाट पनि ग्राहकलाई बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको छ ।

बैंकले यसै आ.व. २०७३।७४ भित्र झापाको दमक, सुनसरीको धरान, सिराहाको लहान, महोत्तरीको बर्दिबास, मकवानपुरको हेटौंडामा पनि शाखा विस्तार गरिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *