छ्याङ्दी हाइड्रोपावरले ५ लाख ४० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने

Post Date : April 26, 2017 | 1:37 pm

काठमाडौँ, १३ वैशाख । छ्याङ्दी हाइड्रोपावर लिमिटेडलाई ५ लाख ४० हजार कित्ता साधारण शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

छ्याङ्दी हाइड्रोपावरले पूर्वी लमजुङको छ्याङ्दी खोलामा २ मेगावाट क्षमताको जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ ।

छ्याङ्दी हाइड्रोपावरले रु.१००।– अंकित दरका २ लाख ७० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्र लमजुङ जिल्लाका बासिन्दा तथा आयोजना संरचना रहेको अति प्रभावित क्षेत्र फलेनी र बन्सर गाविस, प्रभावित क्षेत्र चिति, ढोडेनी, नौथर गाविस र बेसीशहर नगरपालिका बासिन्दा र न्यून प्रभावित लमजुङ जिल्लाको अन्य गाविस तथा नगरपालिकाका बासिन्दालाई २०७३ पुस २० गते निष्काशन खुल्ला गरी २०७३ फागुन ९ गते सोमबारका दिन शेयर बाँडफाँड गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *