मेगा बैंकको शेयर बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट

Post Date : June 7, 2017 | 12:45 pm

काठमाडौँ, २४ जेठ । मेगा बैंक नेपाल लिमिटेडले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले सो सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्नु भएको छ । मेगा बैंकले गत वार्षिक साधारण सभाबाट ६५ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो । सोही बमोजिम बैंकले प्रति शेयर १ सय रुपैयाँ अंकित दरका २ करोड ९७ लाख ८५ हजार ३४ दशमलब ३३ कित्ता हकप्रद शेयर निष्काशन गर्न सम्झौता गरेको हो ।

हकप्रद शेयर निष्काशनपछि बैंकको चुक्ता पूँजी साढे ७ अर्ब रुपैयाँ भन्दा बढी हुनेछ । चालु आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजी ८ अर्ब रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *