जुनियर खुला लनटेनिस प्रतियोगिता हुने

Post Date : May 10, 2016 | 12:25 pm

काठमाडौँ, २८ वैशाख । जुनियर लनटेनिस खेलाडीका अभिभावकको आयोजनामा तेस्रो नेपाल जुनियर खुला टेनिस प्रतियोगिता आगामी जेठ ४ गतेदेखि राजधानीमा सञ्चालन हुने भएको छ ।

प्रतियोगितामा जम्मा १४ स्वर्णपदकका लागि प्रतिस्पर्धा हुने अखिल नेपाल लनटेनिस सङ्घका सदस्यसमेत रहनुभएका आयोजकका अध्यक्ष अजय विष्टले जानकारी दिनुभयो ।

प्रतियोगितामा ब्वाइज/गर्ल्सतर्फ यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ उमेर समूहको एकल विधामा प्रतिस्पर्धा हुनेछ भने ब्वाइज/गर्ल्स को खुला डबल्स स्पर्धामा पनि प्रतिस्पर्धा हुने अध्यक्ष विष्टले बताउनुभयो । डबल्समा यु–१२ देखि यु–१६ उमेरसमूहका खेलाडीले मात्र भाग लिन पाउने प्रावधान छ ।

छ दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका खेल सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछ । प्रतियोगितामा करिब २०० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । उक्त प्रतियोगिता सञ्चालन गर्न करिब रु तीन लाख ५० हजार खर्च लाग्ने अध्यक्ष विष्टको भनाइ छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *