ज्योति विकास बैंकको धुर्मुस–सुन्तली फाउन्डेसनलाई एकलाख रुपैयाँ सहयोग

Post Date : April 17, 2017 | 6:25 pm

महोत्तरी, ४ वैशाख । ज्योति विकास बैंकको महोत्तरी जिल्लास्थित बर्दिबास शाखाले धुर्मुस–सुन्तली फाउन्डेसनलाई एकलाख रुपैयाँ सहयोग गरेको छ । एकीकृत नमुना मुसहर वस्ती निर्माणका लागि बैंकले सहयोग गरेको हो । बैंकका बर्दिबास शाखाका शाखा प्रबन्धक मोहनराज गिरीले धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ लाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गर्नु भएको छ ।

बैंकले गरिब तथा विपन्न मुसहरहरूको आर्थिक अवस्था सुधार्न लघुवित्त कार्यक्रम संचालन गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *