सीबीआईएल क्यापिटललाई धितोपत्र कारोवार अनुमति

Post Date : September 4, 2016 | 2:55 pm

काठमाडौं, १९ भदौ । सीबीआईएल क्यापिटल लिमिटेडलाई नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकर (धितोपत्र व्यवसायी) को कारोवार गर्न अनुमति प्राप्त भएको छ । सिटिजन्स बैंकको सहायक कम्पनी रहेको यस कम्पनीमा नागरिक लगानी कोष तथा विभिन्न प्रतिष्ठित उद्योगी, व्यापारीको पनि लगानी रहेको छ ।

सीबीआईएल क्यापिटलले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभूतिकर्ता (अन्डर राइटर) शेयर रजिष्ट्रार तथा लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट) को काम गर्नेछ ।

त्यस्तै डि–म्याट खाता खोल्ने, शेयर अभौतिकरण गर्ने सामूहिक लगानीकोषको प्रवद्र्धन गर्ने जस्ता काम गर्ने विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *