डिप्रोक्स लघुवित्तको हकप्रद शेयर स्वीकृत

Post Date : January 24, 2017 | 3:35 pm

काठमाडौँ, ११ माघ । नेपाल धितोपत्र बोर्डले डिप्रोक्स लघुवित्त विकास बैंकलाई हकप्रद शेयर निष्काशनको लागि स्वीकृति दिएको छ ।

बैंकलाई हाल कायम रहेको चुक्ता पूँजी २५ करोड ७९ लाख २३ हजार ८ सय ४५ रुपैयाँमा १ बराबर १ को अनुपातमा रु १००।– अंकित दरका २५ लाख ७९ हजार २ सय ३८ दशमलब ४५ कित्ता हकप्रद शेयर निष्काशनको लागि बोर्डले माघ ९ गते अनुमति दिएको जनाएको छ ।

बैंकको हकप्रद शेयरको बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *