तिनाउ विकास बैंकको २५% लाभांश घोषणा

Post Date : August 31, 2016 | 4:47 pm

बुटवल, १५ भदौ । हस्पीटललाईन रुपन्देहीमा केन्द्रिय कार्यालय रहेको तिनाउ विकास बैंकको संचालक समितिको बैठकले आ.व. २०७२/७३ को मुनाफाबाट पुँजी रु २७ करोड ३० लाख ९६ हजार को २५ प्रतिशतले रु ६ करोड ८२ लाख ७४ हजार बराबर बोनस शेयर र कर प्रयोजनार्थ १.३१५७८९४७३ प्रतिशत ले नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांशको वितरण नेपाल राष्ट्र बैंकले स्वीकृत दिई आगामी साधारणसभाले निर्णय गरेपछि लागु हुने बैंकले जनाएको छ ।

विगतका वर्षहरुमा समेत आकर्षक प्रतिफल दिदै आएको यस विकास बैंकले आ व २०७१/७२ को तुलनामा आ व २०७२/७३ मा आफ्नो खुद मुनाफा ९५.२२ प्रतिशत, कर्जा ५०.३८ प्रतिशत तथा निक्षेप ३८.०३ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । गत आर्थिक वर्षमा बैंकले ३ अर्ब २८ करोड निक्षेप संकलन तथा २ अर्ब ७२ करोड कर्जा लगानी गरी १२ करोड ६० लाख सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको थियो । यस अवधिसम्म बैंकको चुक्ता पुँजी रु २७ करोड ३० लाख ९६ हजार रहेको छ भने हालै घोषणा भएको लाभांश वितरण शेयरको रकमलाई पुँजीकृत गरे पश्चात बैंकको चुक्ता पुँजी ३४ करोड १३ लाख ७० हजार पुग्ने बैंकले जनाएको छ ।

रुपन्देही, नवलपरासी र चितवन जिल्ला कार्यक्षेत्र भएको यस बैंकले केन्द्रिय कार्यालय सहित एघार वटा शाखा बाट बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको बैंकले एटिएम, मोवाईल बैंकिङ्ग पनि संचालन गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *