धुर्मुस सुन्तली फाउण्डेसनलाई सिटी एक्सप्रेस मनी ट्रान्सफरको सहयोग

Post Date : May 27, 2016 | 11:40 am

काठमाडाैं, १३ जेठ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले हास्य कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस सुन्तली फाउण्डेसन) द्वारा निर्माणाधीन सिन्धुपाल्चोकस्थित “गिरानचौर एकीकृत नमूना वस्ती” निर्माणका लागि १५ लाख ५५ हजार ५५५ रुपैया सहयोग प्रदान गरेको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले सहयोग रकम हस्तान्तरण गर्नु भएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले २०६४ सालदेखि विप्रेषण सम्बन्धी व्यवसाय संचालन गर्दै आएको हो । सामाजिक उत्तरदायित्व अन्तरगत सिटी एक्सप्रेसले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *