नबिल बैंकद्वारा मिड–कर्पोरेट एण्ड एसएमई हबको उद्घाटन

Post Date : May 6, 2018 | 6:50 pm

काठमाडौँ, २३ वैशाख । नबिल बैंकको मिड–कर्पोरेट एण्ड एसएमई हबको बैंकका अध्यक्ष श्री शम्भु प्रसाद पौड्यालले युनाइटेड वर्ल्ड ट्रेड सेन्टर त्रिपुरेश्वर, काठमाडौंमा उद्घाटन गर्नु भयो । युनाइटेड वर्ल्ड ट्रेड सेन्टर काठमाडौंको केन्द्रमा अवस्थित रहेको तथा काठमाडौंका सबै प्रमुख स्थानहरुबाट आवतजावत गर्नको लागि सहज पहुँच हुनुको साथै पर्याप्त पार्किङ सुबिधा रहेकोले ग्राहक महानुभावहरुको सहज पहुंचको लागि अत्यन्त सुबिधाजनक रहेको कुरा बैंकले जारी गरेको प्रेस विज्ञप्तीमा जनाइएको छ ।

यस हबले मिड–कर्पोरेट तथा साना तथा मझौला प्रकृतीका ब्यापार, उत्पादन र सेवाको काममा संलग्न व्यावसायिहरुलार्ई सेवा प्रदान गर्दछ । यस हबले नबिल बैंकका देशभरीका विभिन्न शाखाहरुमा हुने प्रत्यक्ष तथा अप्रत्यक्ष लघुवित्त सम्बन्धी क्रियाकलापहरुलाई समेत हेर्ने उक्त विज्ञप्तीमा जनाइएको छ ।

मिड–कर्पोरेटले एउटा इकाई तथा समुहलाई तिन करोड देखी दश करोड रुपयाँ सम्मको कर्जा प्रवाह गर्दछ । एसएमइले तिन करोड रुपयाँ सम्मको कर्जा प्रवाह गर्दछ भने लघुवित्तले कुनै ब्यक्ति तथा इकाईलाई प्रत्यक्षरुपमा प्रदान गर्ने कर्जालाई समेट्छ । त्यसैगरी होलसेल कर्जाले एमएफआई र सहकारी लगायत एमएफआइमा गरिने शेयर लगानीलाई समेत समेट्छ ।

नबिल बैंक तथा युकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्राम (सक्षम) ले लघु तथा साना र मझौला ब्यवसायको क्षेत्रमा वित्तिय पहुँचलाई विस्तार गर्नको लागि हातेमालो गरेकाछन । देशमा सञ्चालित लघु, साना र मझौला ब्यवसायमा गरिने लगानीमा पहुँच बढाउने उद्घेश्यमा समर्पित एक विशेष एसएमई कर्जा ईकाई स्थापना गरेर ग्रामिण भेगमा लघु, साना तथा मझौला ब्यवसायमा लगानी गरी त्यस क्षेत्रको प्रवर्धनको लागि नबिल बैंकले सक्षम सँग मिलेर काम गर्न चाहेको छ । सोही लक्ष प्राप्तिको लागि आजै सो हबको उद्घाटनको समयमा नबिल बैंक र सक्षमका विचमा एउटा सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

बंैकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनिल शाहले “मिड–कर्पोरेट एण्ड एसएमई हबको उद्घाटन र सक्षमसँग समझदारीपत्रमा भएको हस्ताक्षरले देशभरी एसएमई तथा मिड–कर्पोरेट कर्जाको हिस्सालाई विस्तारगर्नको लागि नबिल बैंकले गरेको प्रतिवद्धतालाई थप मजवुत गराएको छ । हाल हामीसँग एसएमई तथा मिड–कर्पोरेट कर्जा २५ अरब रहेकोमा आगामी दिनमा यसलाई थप बृद्धि गर्ने प्रयास गरिरहेका छौं । मिड–कर्पोरेट तथा साना र मझौला ब्यवसायहरु हाम्रो अर्थतन्त्रका मेरुदण्डको रुपमा रहेका छन र नबिल बैंकले यस क्षेत्रको प्रवर्धन र विकासको लागि सक्रिय भुमिका खेल्न चाहेको छ । सक्षमसँग सँगै कामगरेर हामीले आगामी दिनमा नयाँ कार्यको शुरुवात गर्न तथा आफ्नो कामकारवीलाई थप परिस्कृत बनाउन सक्षम हुनेछौ भन्ने कुरामा हामी विश्वस्त छौं” भन्नुभयो ।

त्यसैगरी सक्षमका टिम लिडर वलजित वोहराले भन्नुभयो “सक्षमले साना तथा मझौला ब्यवसायलाई नविन वित्तिय सेवामा सहज र सुबिधायुक्त पहुँचको लागि सहयोग गरी साना तथा मझौला ब्यवसायलाई सक्षम र प्रभावकारी बनाउनको लागि विभिन्न वित्तिय संस्थाहरु, खास गरी वाणिज्य बैंकहरुसँग साझेदारी गरी सेवा प्रदान गर्दै आएकोछ । हामी खासगरी नबिल बैंक सँगको साझेदारी तथा प्रतिवद्ध एसएमई हबको स्थापनाबाट उत्साहित भएका छौं । हामीले यस एसएमई हब मार्फत साना तथा मझौला ब्यवसायको वित्तिय आवस्यकतालाई सरल तथा सहज किसिमबाट पुरागर्न संसारमा स्थापित उच्चतम अभ्यासहरु तथा सेवाप्रदान गर्ने संयन्त्रहरुलाई प्रयोगमा ल्याउन मद्दत गर्नेछौं । ”

सोहि समारोहमा नबिल बैंकले नयाँ ब्यवसाय वा कायम रहेका साना तथा मध्यम स्तरका ब्यापारिक, उत्पादनमुलक तथा सेवामुलक ब्यवसायलाई सहयोग प्रदान गर्ने उदेस्यले निम्न विशेषता भएको अत्यन्त सरल ब्याजदरमा नबिल एसएमइ फास्टट्रयाक कर्जा नामको कर्जा सुबिधा प्रदान गर्ने कामको शुरुवात गरेको छ ।

  • आकर्षक निस्चित ब्यजदर ११.५०%
  • सरल तथा छोटो प्रकृया,
  • पाँच दिन भित्रमा कर्जा स्विकृत हुने,
  •  कर्जा रकमको सिमा पाँच लाख देखि तिन करोड रुपयाँ सम्म,
  •  मध्यमस्तरको प्रगतीउन्मुख ब्यवसायलाई आवस्यक पर्ने सबै प्रकारको लगानीको लागि प्रदान गरिने ।

नबिल एसएमइ फास्टट्रयाक कर्जा देशभरका नबिल बैंकका सबै शाखाहरु लगायत मिड–कर्पोरेट एण्ड एसएमई हब, त्रिपुरेश्वर काठमाडौंमा उपलब्ध हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *