नेपाल ग्रामीण विकास बैंकले ९ लाख ७५ हजार कित्ता साधारण शेयर जारी गर्दै

Post Date : April 6, 2017 | 7:45 am

काठमाडौँ, २४ चैत । नेपाल ग्रामीण विकास बैंकले रु.१००।– अंकित दरका ९ लाख ७५ हजार कित्ता सर्वसाधारण शेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । शेयर निष्काशनको लागि प्रभु क्यापिटल लिमिटेडसँग सम्झौता भएको छ ।

सम्झौतापत्रमा नेपाल ग्रामीण विकास बैंकका निमित्त कार्यकारी अधिकृत राजेश शर्मा र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका महाप्रबन्धक शंकर प्रसाद कालीकोटाले हस्ताक्षर गर्नु भएको बैंकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *