सनराइज बैंकको नवौं वार्षिक साधारण सभा सम्पन्न

Post Date : October 23, 2016 | 5:50 pm

काठमाडौं, ७ कात्तिक । सनराइज बैंकको नवौं वार्षिक साधारण सभा मिति २०७३ कात्तिक ७ गते बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगडको सभापतित्वमा सम्पन्न भयो ।

उक्त साधारण सभाले बैंकको २०७३ आषाढ मसान्तसम्मको वासलात तथा आ.व. २०७२/७३ को नाफा–नोक्सान हिसाव र नगद प्रवाह विवरण स्वीकृत गर्ने लगायत सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत वर्षको मुनाफा एवं अन्य जगेडा कोषहरुमा रहेको रकम प्रयोग गरी शेयरधनीहरुलाई रु. १,३२,५३,४८,८००/– बराबर अर्थात ३३.३३ प्रतिशत (प्रत्येक ३ कित्ता शेयर बराबर १ कित्ताका दरले) बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै बोनश शेयर पश्चात कायम हुने पूँजीमा ३०% को हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरियो । यसबाट बैंकको पूँजी रू. ७ अर्ब पुग्ने भएको छ र चालु आ.व.को नाफाबाट बोनश शेयर वितरण गरेपछि बैंकको चुक्ता पूँजी रू. ८ अर्ब नाघ्नेछ ।

बैंकको हाल शाखाहरुको संख्या ६७ र ए.टि.एम.को संख्या ७२ पुगेको छ । जसमध्ये काठमाडौं उपत्यकाभित्र २७ शाखाहरु र उपत्यका बाहिर ४० शाखाहरु रहेका छन् । बैंकले सनराइज सेफ डिपोजिट लकर सुविधा, भिसाडेबिट कार्ड, मोबाइल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, रेमिट्यान्स, सनराइज माइक्रो बैंकिङ्ग लगायत आधुनिक बैंकिङ्ग सेवाहरु समेत प्रदान गर्दै आइरहेको जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यज्यूले दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *