नेपाल बैंक असीऔँ वर्षमा

Post Date : November 15, 2016 | 3:01 pm

काठमाडौँ, ३० कात्तिक । मुलुकको सबैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेड आजदेखि ८०अौँ वर्षमा प्रवेश गरेको छ ।

देशमा संस्थागत बैंकिङ सेवाको थालनी गरेको उक्त बैंकको वर्तमान सेयर पूँजी संरचनामा सरकारको ६२ दशमलव २१ प्रतिशत तथा सर्वसाधारण एवम् कर्मचारीको ३७ दशमलव ७९ प्रतिशत छ ।

चुक्ता पूँजी शेयर रु पाँच अर्ब ४९ करोड रहेको उक्त बैंकको आज सम्मको पुँजीकोष अनुपात १२ दशमलव १२ प्रतिशत पुगेको बैंकद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । बितेका तीन महिनामा सो बैंकले रु एक अर्ब १६ करोड खुद मुनाफा कमाएको छ भने निक्षेप रु ८६ अर्ब २२ करोड रहेको छ । उक्त बैंकले रु ६६ अर्ब तीन करोड कर्जा प्रवाह गरेको छ भने निष्क्रिय कर्जाको अनुपात ३ दशमलब १ प्रतिशत रहेको बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *