सनराइज बैंक लिमिटेडको सुनवल शाखा स्थानान्तरण

Post Date : August 7, 2016 | 4:51 pm

सुनवल, २३ साउन । सनराइज बैंक लिमिटेडले सुनवल शाखालाई सोहि ठाउँको नयाँ स्थानमा स्थानान्तरण गरेकोे छ । सुनवल शाखा कार्यालयको समुद्घाटन प्रमुख कार्यकारी अधिकृत श्री रत्नराज बज्राचार्यको उपस्थितिमा नेपाल चेम्बर अफ कमर्स नवलपरासिका अध्यक्ष श्री भिम बहादुर थापा (भरत) ले गर्नुभयो । साथै बैंक परिसरमा रहेको ए.टि.एम्.को समुद्घाटन जिल्ला सहकारी संघका अध्यक्ष श्री विष्णु प्रसाद पौडेलले गर्नुभयो ।

बैंकले अत्याधुनिक बैंकिङ्ग सेवाहरु लगायत छिटो र सुलभ सेवा ग्राहकहरू समक्ष पुरयाउने उद्देश्यले उक्त शाखा स्थानान्तरण गरेको हो । सुनवल शाखामा निक्षेप संकलन तथा साना एवंम् मझौला व्यवसाय, हायर पर्चेज लगायत सेफ डिपोजिट लकर सुविधा उपभोग गर्न सकिने जनाएको छ । नयाँ स्थान स्थानान्तरणको अवसरमा बैंकको सो शाखामा साउन २३ देखि भाद्र १६, २०७३ सम्मका लागि लकर सुबिधामा ५०५ छुटको व्यवस्था गरेको छ ।

हाल सनराइज बैंकले मुलुकभर आफ्नो ६७ वटा शाखा र ७१ वटा एटिएमद्धारा सर्वसुलभ सेवाहरु प्रदान गर्दै आएको छ । साथै वि पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र चितवन मेडिकल कलेज नारायणघाटमा एक्स्टेन्सन काउन्टर तथा ९ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *