बैंक तथा फाइनान्स समूह उकालो लागी नेप्से ७.७३ अंकले बढ्यो

Post Date : September 1, 2016 | 4:40 pm

काठमाडाैं, १६ भदाै । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ७.३७ अंकले बढेर १८०५.१८ बिन्दुमा पुगेको छ । कुल ८०८० कारोवारबाट १७ लाख ९९ हजार ५११ कित्ता शेयर किनबेच भई १ अर्ब ३५ करोड ४३ लाख ७८ हजार १५७ रुपैयाको कारोवार भएको छ ।

अाज साताको चौथो दिन होटल, जलविद्युत, बीमा, उत्पादन र अन्य समूहहरूको नेप्से परिसूचक अोरालो लागेको छ भने वाणिज्य बैंक, विकास बैंक र फाइनान्स समूहको नेप्से परिसूचक उकालो लागेको छ ।

वाणिज्य बैंकहरुको ११.६८ अंकले बढेर ७१ करोड ६१ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने विकास बैंक समूहको २२.४६ अंकले बढेर २६ करोड ८७ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । फाइनान्स समूहको ४.५५ अंकले बढेर २ करोड २९ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ ।

होटल समूहको ०.७३ अंकले घटेर ४८ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने जलविद्युत समूहको २०.३५ अंकले घटेर २ करोड ९० लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ । बीमा कम्पनीहरुको २४.४५ अंकले घटेर २३ करोड ४२ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै उत्पादन समूहको ८.८७ अंकले घटेर ३ लाख ९६ हजार ४५० रुपैयाको कारोवार भएको छ भने अन्य समूहको ३.४७ अंकले घटेर १ करोड ८ लाख १९ हजार ७०० रुपैयाको कारोवार भएको छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको ११ करोड ११ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा नेपाल बंगलादेश बैंक लिमिटेडको ७ कराेड ९० लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *