नेप्से परिसूचकमा ४१ अंकको गिरावट

Post Date : August 14, 2016 | 4:53 pm

काठमाडाैं, ३० साउन । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ४०.९४ अंकले घटेर १७३३.९३ बिन्दुमा पुगेको छ । कुल ६९४९ कारोवारबाट २१ लाख ८१ हजार २८९ कित्ता शेयर किनबेच भई १ अर्ब १४ करोड २२ लाख ७ हजार ९९९ रुपैयाको कारोवार भएको छ ।

अाज सबै समूहमा नेप्से परिसूचक अोरालो लागेको छ । सरकारले गति लिन नसक्दा शेयरबजारमा ठूलो असर परेको जानकारहरू बताउँछन् ।

वाणिज्य बैंकहरुको ३६.७२ अंकले घटेर ५४ करोड ३७ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने होटल समूहको १०७.१५ अंकले घटेर १ करोड ६१ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । विकास बैंक समूहको ४३.५ अंकले घटेर २३ करोड ७६ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने जलविद्युत समूहको ६४.३६ अंकले घटेर ८ करोड ९५ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ । फाइनान्स समूहको १७.२८ अंकले घटेर ३ करोड ४ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने बीमा कम्पनीहरुको २३३.२२ अंकले घटेर १५ करोड ३० लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै अन्य समूहको २०.५३ अंकले घटेर २ करोड २० लाख ५६ हजार ३०० रुपैयाको कारोवार भएको छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी नेपाल बंगलादेश बैंक लिमिटेडको ७ करोड ३९ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा एभरेष्ट बैंक लिमिटेडको ४ कराेड ४३ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *