पर्यटकको आगमनमा वृद्धि

Post Date : November 10, 2016 | 4:33 pm

रसुवा, २५ कात्तिक । जिल्लामा आउने पर्यटकको सङ्ख्यामा क्रमशः वृद्धि हँुदै गएको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार चालु आवको हालसम्म दुई हजार ६८० पर्यटकले निकुञ्ज क्षेत्रअन्तर्गत गोसाइँकुण्ड र लाङटाङ क्षेत्रको भ्रमण गरिसकेका छन् ।

निकुञ्ज भ्रमणका लागि बेल्जियम, फिलिपिन्स, स्पेन, इजरायल, अमेरिका, कोरिया, जापान, थाइल्यान्ड, बेलायत, इटली, अस्ट्रेलिया, स्विटजरल्यान्ड, क्यानडालगायत देशका नागरिक भ्रमणमा आउने गरेका रेग्मीले बताउनुभयो ।

गत साउनमा १७७ जना, भदौमा १७८, असोजमा एक हजार ३४ पर्यटक घुम्न आएका थिए भने कात्तिकको २४ गतेसम्ममा एक हजार २९१ पर्यटकको आगमन भएको छ । निकुञ्ज प्रवेशको शुल्कबापत रु एक करोड राजस्व सङ्कलन भएको रेग्मीले बताउनुभयो ।

गोसाइँकुण्ड मार्गअन्तर्गत धुन्चे, चन्दनबारी, लौरी विनायक, गोसाइँकुण्ड र लाङटाङ मार्गअन्तर्गत स्याफ्रुबेँसीदेखि क्यान्जिङसम्म पदमार्गको सुधार, होटल तथा लजको पुनःनिर्माण भइरहेको छ ।

धुन्चे तथा स्याफ्रुबेँसीसम्म सवारीसाधनमा यात्रा गरेपश्चात दुई/तीन दिनको पैदलमार्गबाट गोसाइँकुण्ड र लाङटाङको क्यान्जिङसम्म पुग्न सकिन्छ । “पर्यटकलाई खान बस्न कुनै समस्या छैन,” लाङटाङ पुनःनिर्माण एवम् व्यवस्थापन समितिका अध्यक्ष तेम्बा लामाले भन्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *