भार्गव विकास बैंकले ८५,२३१ कित्ता शेयर बिक्री गर्ने

Post Date : June 2, 2017 | 12:39 pm

काठमाडौँ, १९ जेठ । भार्गव विकास बैंकले हकप्रद शेयरको बिक्री खुल्ला गरी आवेदन माग गरेकोमा संस्थापक समूहतर्फ ३२,४६६ कित्ता र सर्वसाधारण समूहतर्फ ५२,७६५ कित्ता गरी जम्मा ८५,२३१ कित्ताको लागि आवेदन नपरेकोले हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । शेयरको न्यूनतम मूल्य प्रति शेयर रु.१००।– तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । शेयर खरिद गर्न चाहने व्यक्ति, कम्पनी, संघ स.स्थाले २०७४/२/२६ गतेदेखि २०७४/३/२ गतेभित्र बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड, नागपोखरी, काठमाडौँ र भार्गव विकास बैंकको प्रधान कार्यालय, सुर्खेतरोड, नेपालगञ्जमा गोप्य शिलबन्दी बोलपत्र आवेदन दिन सकिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *