भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको एकीकृत कारोवार सुरु

Post Date : September 2, 2016 | 6:09 pm

काठमाडौं, १७ भदौ । भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको एकीकृत कारोवार सुरु भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले एक समारोह बीच उद्घाटन गर्नु भयो । उद्घाटनको अवसरमा गभर्नर डा. नेपालले आमजनताले चिनेको, घराना, प्रतिष्ठित व्यक्ति भए पनि पैसाको मामलामा विचार गर्नु पर्छ । जसले संस्था चलाउँछन् उसले आफू अनुसार चलाउने हुनाले पैसामा कसैलाई नपत्याउनुस् भन्नुभयो । यहाँको चलन बैंकको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत आफू मालिक हुँ भन्ने ठान्छन् । तर उनीहरूले ट्रष्टीको रुपमा बैंक चलाउनु पर्छ । जनताको निक्षेप सुरक्षित राख्नुपर्छ, शेयरधनीलाई लाभांश दिनुपर्छ तथा जनता र मुलुकलाई प्रतिफल दिने गरी जानुपर्छ भन्नु भयो ।

बैंकको मर्जरपछि कुल निक्षेप १४०७ करोड रुपैया, कर्जा लगानी ११४१ करोड रुपैया हुनेछ र कुल चुक्ता पूँजी १८१.५० करोड रुपैया भएको बैंक बन्नेछ । त्यस्तै बैंकको ४२ शाखा, १ एक्सटेन्सन काउण्टर, १२ एटिएम, १,५०,००० ग्राहकहरू रहेका छन् । बैंकको कर्मचारी संख्या भने ४११ हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *