मञ्जुश्री फाइनान्सियल इन्स्टिच्युसन हकप्रद शेयर जारी गर्ने

Post Date : June 10, 2016 | 12:36 pm

काठमाडाैं, २८ जेठ । मञ्जुश्री फाइनान्सियल इन्स्टिच्युसन लिमिटेडको विशेष साधारण सभाले १ बराबर १ दशमलब ७५ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । चाँडै हकप्रद शेयर जारी गर्ने कम्पनीले जनाएको छ ।

अहिले कम्पनीको चुक्ता पूँजी ३२ करोड रुपैया रहेको छ भने हकप्रद शेयर जारी भएपछि ६८ करोड ९२ लाख ७८ हजार रुपैया पुग्नेछ ।

कम्पनीले २०७२ चैत मसान्तसम्म २ अर्ब ५ करोड निक्षेप संकलन र १ अर्ब ८७ करोड रुपैया कर्जा प्रवाह गरी ३ करोड ३० लाख रुपैया खुद मुनाफा गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *