महालक्ष्मी विकास बैंकको संचालक समितिको अध्यक्षमा पुनः राजेश उपाध्याय

Post Date : May 6, 2018 | 6:40 pm

काठमाडौँ, २३ वैशाख । महालक्ष्मी विकास बैंक लिमिटेडको बैशाख २१ गते सम्पन्न भएको १६औँ वार्षिक साधारणसभाबाट संचालक श्री राजेश उपाध्याय समितिको अध्यक्षमा पुनः निर्विरोध निर्वाचित हुनुभएको छ । नेपाल राष्ट्र बैँकका डेपुटी गभर्नर श्री चिन्तामणी शिवाकोटीले नवनियुक्त अध्यक्ष श्री राजेश उपाध्यायलाई आज आयोजित एक समारोहबीच पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभयो ।

महालक्ष्मी विकास बैंक लिमिटेडको १६औँ वार्षिक साधारणसभाले संस्थापक शेयरधनीको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्न श्री राजेश उपाध्याय, श्री संजय गिरी र श्री राजेश कुमार रौनियारलाई र सर्वसाधारण शेयरधनीको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्न श्री राहुल अग्रवाल, श्री श्याम सुन्दर रुङ्गटा र श्री रुपेन्द्र पौडेललाई चयन गरेको छ ।

सोही सभाले शेयरधनीहरुलाई चुत्ता पूँजीमा ९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *