मुक्तिनाथ विकास बैंकको ५७ औँ शाखा हेटौंडामा

Post Date : May 8, 2017 | 12:15 pm

मकवानपुर, २५ वैशाख । मुक्तिनाथ विकास बैंकले हेटौंडा उप–महानगरपालिका वडा नं. ४, कान्तिराजपथमा ५७ औँ शाखा स्थापना गरी बैंकिङ सेवा शुरु गरेको छ । शाखाको उद्घाटन मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले गर्नु भएको छ ।

बैंकले हालसम्म १५ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन र १४ अर्ब २६ करोड रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *