मैलुङ खोला जलविद्युतको आइपिओ आउँदै

Post Date : February 19, 2017 | 11:08 am

काठमाडौँ, ८ फागुन । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले साधारण शेयर (आइपिओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले चालु आर्थिक वर्ष २०७३।७४ मा ११ लाख ४ हजार ४ सय २९ कित्ता शेयर बराबर ११ करोड ४ लाख ४२ हजार ९ सय रुपैयाँको साधारण शेयर निष्काशन गर्नको लागि प्रक्रिया अघि बढाएको छ ।

कम्पनीले प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ३ लाख ६८ हजार १ सय ४३ कित्ता शेयर र सर्वसाधारण तथा कर्मचारीको लागि ७ लाख ३६ हजार २ सय ८६ कित्ता शेयर निष्काशन गर्ने भएको छ । उक्त साधारण शेयर निष्काशनको लागि इक्रा नेपालले ग्रेड फोर रेटिङ गरेको छ । मैलुङ खोला जलविद्युत रसुवा जिल्लाको हाकु गाविसका रहेको छ ।

यस योजनाको मुख्य प्रवद्र्धक सोपान मल्टिपल कम्पनी लिमिटेडको ४४ दशमलब ७६ प्रतिशत, एसिया प्यासिफिक पावर टेक कम्पनी लिमिटेडको ३ दशमलब ८३ प्रतिशत र १ सय १५७ जनाको २ दशमलब ३१ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *