रामबजार महोत्सव

Post Date : October 19, 2016 | 5:31 pm

पोखरा, ३ कात्तिक । जाअौँ खाऔँं अनि रामबजारमै रमाऔँं’ नाराका साथ पोखराको रामबजारमा यही कात्तिक ७ देखि १३ गतेसम्म रामबजार महोत्सव हुने भएको छ ।

कला संस्कृतिको जगेर्ना तथा आन्तरिक एवम् बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्दश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजक रामबजार युथ क्लबका अध्यक्ष कुमार थिङ तामाङले जानकारी दिनुभयो ।

उक्त महोत्सवमा लोकनृत्य, बाल उद्यान, जातीय झाँकीको प्रस्तुति, विभिन्न कलाकारको प्रस्तुति रहनेछ । महोत्सवको करिब ९० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । महोत्सव सम्पन्न गर्न करिब रु २६ लाख खर्च हुने तथा आम्दानी रु ३० लाख भन्दा बढी हुने बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *