रोपवेले कृषि उत्पादन ढुवानीमा सहज

Post Date : October 16, 2016 | 4:41 pm

रामपुर (पाल्पा), ३० असोज । लुम्बिनी अञ्चलमै पहिलो पटक पाल्पाको कोलडाँडामा रोपवे सञ्चालनमा आएपछि यहाँका बासिन्दालाई सामान ओसारपसारमा सहज भएको छ ।

जिल्लाको ग्रामीण विकट भेगका यहाँका नागरिकले वर्षौसम्म चार घन्टाको उकालो बाटो सामान बोकेर जीविकोपार्जन गर्दै आएकामा अहिले रोपवे सञ्चालनमा आएदेखि नै गाउँको मुहार फेरिएको हो ।

सिद्धार्थ राजमार्ग अन्तर्गत कोलडाँडा गाविस– ८ खमौरी र मस्यामकोे चरचरेसम्म झन्डै एक किलोमिटरको दुरीमा रोपवे सञ्चालन गरिएपछि अहिले दुई मिनेटमै उत्पादित तरकारी, फलफूल बजारसम्म पुरयाउन र बजारबाट दैनिक उपभोग्य बस्तु घरसम्म ल्याउन निकै सजिलो भएको छ ।

रोपवे सञ्चालनमा आएपछि यस क्षेत्रका १६० घरपरिवारको कृषि उत्पादनमा आकर्षण बढ्दै गएको स्थानीयवासी धु्रवप्रसाद पङ्गेनी बताउनुहुन्छ ।

यहाँका किसानले रोपवेकै माध्यमबाट गाउँमा उत्पादन भएका दैनिक ५० किलो भन्दा बढी तरकारी, फलफूललगायतका विभिन्न कृषि उपज तानसेन बुटवल लगायतका बजारमा पुरयाउन सफल भएको कोलडाँडा गाविस– ८ का वडा नागरिकमन्च संयोजक हस्तबहादुर आलेको भनाइ छ ।

रु १७ लाख ६४ हजारको लागतमा सो रोपवे सञ्चालनमा ल्याइएको हो । रासस (Photo: http://www.ropewaycablecar.com)

Leave a Reply

Your email address will not be published. Required fields are marked *