लक्ष्मी बैंकको खुद मुनाफा ५६ करोड ९१ लाख रुपैयाँ

Post Date : May 4, 2017 | 6:55 pm

काठमाडौँ, २१ वैशाख । लक्ष्मी बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को तेस्रो त्रैमासिकमा ५७ अर्ब ८० करोड ११ लाख रुपैयाँ निक्षेप संकलन र ५० अर्ब २१ करोड ७६ लाख रुपैयाँ कर्जा प्रवाह गरी ५६ करोड ९१ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । बैंकको निस्क्रिय कर्जा १.७९ प्रतिशत र कर्जा निक्षेप अनुपात ७३.६६ प्रतिशत रहेको छ ।

बैंकको हाल चुक्ता पूँजी ३ अर्ब १५ करोड ९० लाख ३० हजार रुपैयाँ छ भने जगेडा कोषमा ४ अर्ब ३२ करोड ९८ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *