लक्ष्मी लघुवित्तले हकप्रद शेयर निष्कासन गर्ने

Post Date : September 12, 2016 | 2:22 pm

काठमाडौं, २७ भदौ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले १ बराबर १ को अनुपातमा रु १०० अंकित दरका ११ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।

लक्ष्मी लघुवित्त वित्तीय संस्थाले असोज १४ गतेदेखि कार्तिक १८ गतेसम्म शेयरधनीले हकप्रद शेयर खरिद गर्न सकिने जनाएको छ ।

हकप्रद शेयर निष्काशन पछि संस्थाको चुक्ता पूँजी २२ करोड रुपैया पुग्नेछ । गत आर्थिक वर्ष २०७२/७३ को असार मसान्तसम्म ६ करोड २४ लाख रुपैया खुद मुनाफा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *