सेञ्चुरी कमर्सियल बैंकले सेती फाइनान्सलाई प्राप्ती गर्ने

Post Date : June 1, 2017 | 4:12 pm

काठमाडौँ, १८ जेठ । सेञ्चुरी कमर्सियल बैंकले सेती फाइनान्स लिमिटेडलाई प्राप्ती गर्न समझदारीपत्रमा हस्ताक्षर गरेको छ । हाल सेती फाइनान्सको चुक्ता पूँजी १५ करोड २६ लाख रुपैयाँ छ । त्यसै गरी फाइनान्सले चालु आ.व.को तेस्रो त्रैमासिकसम्ममा १ करोड ५४ लाख रुपैयाँ संचालन मुनाफा गरेको छ ।

सेञ्चुरी कमर्सियल बैंकले इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती गरी संयुक्त कारोबार गर्ने तयारी गरेको छ । सगरमाथा फाइनान्स, अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई प्राप्ती गरेपछि बैंकको करिब १ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी थप हुनेछ ।

सेञ्चुरी बैंकले इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंकसँगको संयुक्त कारोबारपछि ४० प्रतिशत अर्थात १ अर्ब ८८ करोड रुपैयाँको हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौता गरिसकेको छ । हकप्रद शेयरपछि नपुग पूँजी चालु आ.व. २०७३/७४ को खुद मुनाफाबाट बोनस शेयर जारी गरी राष्ट्र बैंकले तोकेको ८ अर्ब रुपैयाँ पुरयाउने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *