सगुनले नेपालीलाई विश्व मिडिया सञ्जालमा लगानीको अवसर जुटाउने

Post Date : February 9, 2017 | 4:11 pm

काठमाडौँ, २७ माघ । सगुन मिडिया सञ्जाल अमेरिका स्थित नेपाली उद्यमीले अमेरिकामा सञ्चालन गरेको कम्पनीमा विदेशमा रहेका नेपालीहरुका लागि लगानीको अवसर जुटाउने भएको छ । यसले शुरुमा नेपालमा नेपालीहरुलाई अवसर दिने भनिए तापनि नेपालको कानुनमा नेपालीहरुले विदेशी कम्पनीमा लगानी गर्न नपाउने कानुनी जटिलताका कारण विदेशमा बस्दै आएका नेपालीहरु जुन आफूले कमाएको पैसामा केही बचत गरी भविष्यमा उच्चतम प्रतिफल प्राप्त गर्न सक्ने बताइएको छ । विश्वसामु नेपालीहरुको नयाँ पहिचानको लागि यस अभियानमा सबै नेपालीको सहभागिता जुट्नेमा आशावादी भएको बताएका छन् । यस अभियानमा नेपाली नागरिकले लगानीको अवसर प्राप्त नगरे तापनि विदेशमा बसोबास गरी विदेशी नागरिकता प्राप्त नेपालीहरुले एनआरएन लगायत गैरआवासीय नेपालीले लगानी गर्न पाउने छन् ।

सर्वसाधारणबाट न्यूनतम २ करोड डलर बराबरको ८ लाख ५६५ कित्ता शेयर प्रति कित्ता २३ डलर बराबर हुने गरी न्यूनतम २९९ डलरको १३ कित्ता शेयर आवेदन गर्न सकिने जनाएको छ । लगानी उठाउनको लागि अनलाइन माध्यमबाट शेयर बिक्री गर्ने घोषणा गरेको छ ।

पत्रकार सम्मेलन गरी सगुनले विश्वभरका नेपालीहरुका लगि अमेरिकी शेयर बजारमा सूचीकृत हुन सक्नु नेपालीहरुको ठूलो सफलता र गौरवको प्रयास भएको भन्दै सगुनलाई मिडिया सञ्जालका रुपमा विश्वभर चर्चित बनाउन लागीपरेको र यसमा सफलता पनि प्राप्त भएको जनाएको छ । सगुनले अमेरिकामा ‘ग’ श्रेणी बराबर मान्यता पाएको र भविष्यमा सगुन प्रयोगकर्ताबाट उठेको नाफामा जम्मा नाफामध्ये ५ प्रतिशल प्रयोगकर्तालाई पनि उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।

सन् २००९ देखि सगुन सर्च इन्जिनको रुपमा सुरु भएको सगुनका सञ्चालक गोविन्द गिरी रहेका छन् । गैरआवासीय वा विश्वभरका नेपालीवासीहरुबाट २ करोड डलर बराबर आइपीओमा उठेको पैसाले विदेशमा लगानी गर्ने मात्र नभई भविष्यमा उक्त रकम बराबर नेपालमै सगुन रिसर्च सञ्चालन लगायत अन्य सञ्चार माध्यममा लगानी गर्न खर्चिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *