विकास निर्माणलाई जोड दिन ठूलो आकारको बजेट

Post Date : June 5, 2016 | 2:02 pm

काठमाडाैं । अर्थमन्त्री विष्णु पौडेलले आ.व. २०७३/७४ को बजेट वित्तीय अनुशासनमा रहेर ल्याएको बताउनु भएको छ । बजेटमाथि संसदमा उठेका प्रश्नको जवाफ दिंदै अर्थमन्त्री पौडेलले विकास निर्माणलाई जोड दिन ठूलो आकारको बजेट ल्याएको दावी गर्नु भयो ।

बजेट निर्माणमा राष्ट्रिय योजना आयोगले उपलब्ध गराएको सिलिङ र विशेषज्ञहरूसँगको छलफललाई आधार मानेर बनाएको बताउनु भयो ।

वित्तीय अनुशासनको लक्ष्मणरेखा भित्रै रहेर १० खर्ब ५१ अर्ब रुपैयाको बजेट तयार गरिएको अर्थमन्त्री पौडेलले विपक्षी दलहरूको आरोपप्रति लक्षित गर्दै भन्नु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *