विभागद्वारा १६४ व्यवसायीलाई मुद्दा दायर

Post Date : June 14, 2016 | 11:22 am

काठमाडौँ, ३२ जेठ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चालु आव २०७२÷७३ को वैशाख मसान्तसम्ममा १६४ उद्योगी तथा व्यवसायीलाई मुद्दा दायर गरेको छ ।

विभागले अनियमितता गर्ने तथा उपभोक्तालाई ठगी गर्ने व्यवसायीलाई मुद्दा दायर गरेको प्रवक्ता पूर्णचन्द्र वस्तीले जानकारी दिनुभयो ।

बजार अनुगमनका क्रममा घ्यु, तेल, मसला, चाउचाउ, केही अन्न, पानी, दूधलगायतका उद्योगलाई मुद्दा लगाइएको हो । नमुना हेरी प्रयोगशालामा जाँच गर्दा ती उत्पादनमा कमी कमजोरी पाइएको प्रवक्ता वस्तीले बताउनुभयो ।

बजार अनुमनमा दुई हजार ३० नमुना सङ्कलन गर्ने लक्ष्य राखिएकोमा एक हजार ८१४ नमुना सङ्कलन गरिएको छ ।

यसैबीच, विभागलाई चालु आवमा करिब रु २२ करोड बजेट विनियोजन गरिएकोमा आगामी आवमा रु नौ करोड बजेट थप गरिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *