व्यापार प्रवर्द्धनका लागि बेवसाइट

Post Date : September 27, 2016 | 6:27 pm

काठमाडौँ, ११ असोज । वैदेशिक व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले नयाँ सूचना ‘पोर्टल’ सुरु गरेको छ ।

विश्व बैंकको सहयोगमा केन्द्रले नेपालबाट अन्य मुलुकमा निकासी हुने उत्पादन र त्यससँग सम्बन्धित सबै जानकारी उपलब्ध गराउन नयाँ ‘बेवसाइट’ सञ्चालनमा ल्याएको हो ।

केन्द्रले आज यहाँ आयोजना गरेको कार्यक्रममा वाणिज्यमन्त्री रोमी गौचन थकालीले मुलुकको चर्को व्यापार घाटालाई कम गर्नका लागि केन्द्रले सुरु गरेको प्रवर्द्धनात्मक बेवसाइटले सहयोग पुरयाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले व्यापारमा हुने लगानी एवम् समय बचत गरी मुलुकमा उत्पादित सामान निकासी र प्रवर्द्धनमा सहयोग पुग्ने उदार तथा खुला बजार अर्थतन्त्रलाई सुनिश्चित गरेकाले ढुक्क भएर व्यापारमा लाग्न आग्रहसमेत गर्नुयभो ।

वाणिज्य मन्त्रालयका सहसचिव रविशङ्कर सैजु र केन्द्रका कार्यकारी निर्देशक ईश्वरी घिमिरेले नेपालबाट निकासी हुने सबै वस्तुको एकीकृत रुपमा nepaltradeportal.gov.np बेवसाइटबाट जानकारी पाइने उल्लेख गर्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *